Friday, October 18, 2013

Timi aani mero Jindagani

मलाई नरोक यो यात्रा नरोक
तिम्रै भएर जिउन चहान्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहान्छु

चाहान्छु म हिड्न तिमी साथ साथ
पाईला बनेर हरेक् मोडहरुमा
आशु सबै जिन्दगीको निचारी
हासो सजाउछु ति ओठहरुमा
तिमी नै मेरी सुन्दर प्रेम कहानी
सुवर्ण अक्षरले लेख्न चाहान्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहान्छु

न फूल्छ यो फूल तिमी नहासेमा
न बल्छ यो दियो तिमी नबोलेमा
तिमी हाँस म  फूल बन्न चाहान्छु
तिमी बोल म ज्योति बन्न चाहान्छु
तिमी विना हुन्छ यो जीवन विरानी
तिमी संग संगै हाँस्न चाहान्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहान्छु

मलाई नरोक यो यात्रा नरोक
तिम्रै भएर जिउन चहान्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहान्छु